आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

चितवनमा धान उत्पादन घट्यो

बिहीबार , मंसिर ६ २०८१
चितवनमा धान उत्पादन घट्यो

कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ।

चितवन- गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ। कृषि विकास कार्यालयका अनुसार यसवर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ।

गतवर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो।

यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो। उक्त कार्यालयले क्रप ‘क्रपकटिङ्’ माध्यमबाट लिएको तथ्यांकअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ। प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ।

पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ।

जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर ६ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend