आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

प्रतितोला ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको सामान्य घट्यो

images
बुधबार, मंसिर ५ २०८१
images
images
प्रतितोला ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको सामान्य घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले महँगिएको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- यो साता सुनको मूल्य लगातार बढिरहेको छ। सोमबार प्रतितोला एक हजार र मंगलबार प्रतितोला एक हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ९ सय रूपैयाँले वृद्धि भएको छ।

images
images
images

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६३ हजार रूपैयाँ तोकिएको छ।

images

मंगलबार सुन प्रतितोला एक लाख ६२ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

images
images
images

यस्तै मंगलबार बढेको चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। 

मंगलबार प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ५० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर ५ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend