शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

बढ्न थाल्यो नेपाली महको बजार

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३० २०८१
images
बढ्न थाल्यो नेपाली महको बजार

'नेपालको महले नेपालीलाई पुग्दैन तर विडम्बना किसानको घरमा मह थन्किएर बसेको छ।'

images
images

चितवन- नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महको बजार बढ्न थालेको छ। यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो।

images
images
images

नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले एक हजार दुई सय मेट्रिकटन मह बिक्री हुन बाँकी छ। सोमध्ये तीन सय मेट्रिकटन चितवनमा छ। यसअघि आयात खुला हुँदा तीन हजार एक सय ४५ मेट्रिकटन मह भण्डारणमा थियो। 

images
images

बाहिरबाट आयत गर्न सरकारले रोक लगाएसँगै यहाँ भण्डारण गरिएको मह बिक्री भएको हो। पूर्वअध्यक्ष शर्माले भने, 'पुरानै मह भण्डारमा थन्किएको छ। आयात नखोल्दिने हो भने यो मह सकिन समय लाग्दैन।' आयात खोले पनि भन्सार दर ६० प्रतिशतले वृद्धि गर्न आवश्यक रहेको उनले बताए। 

images
images

नेपालमा अहिले एक लाख ६० हजार घार मेलीफेरा र एक लाख ७० हजार घार सेरेना मौरी रहेको पूर्वअध्यक्ष शर्माले जानकारी दिए।

उनका अनुसार यी घारबाट वार्षिक चार हजार नौ सय मेट्रिकटन मह उत्पादन हुँदै आएको छ। यस वर्षको उत्पादन लिन सुरु हुन लागेको शर्माले बताए।

महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार सरकारले गत वैशाखदेखि महको आयातमा रोक लगाएको छ। उनले भने, 'अहिले विदेशी ठूला कम्पनीलेसमेत नेपालको मह खरिद गरेर बिक्रीवितरण गर्दै आएका छन्।' 

आफूहरूले सरकारलाई आयात नखोल्न आग्रह गरेको अध्यक्ष घिमिरेले बताए। नेपालमा महको खपत वार्षिक नौ हजार दुई सय मेट्रिकटन हुने गरेको जनाउँदै उनले भने, 'नेपालको महले नेपालीलाई पुग्दैन तर विडम्बना किसानको घरमा मह थन्किएर बसेको छ।' 

भारतबाट आयात हुने सस्तो महसँग नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको महासंघका अध्यक्ष घिमिरेको भनाइ छ। आयात रोकिए यहाँ उत्पादित महका लागि बजारको समस्या नहुने उनले बताए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend