आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

पोखरा महानगरका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३० २०८१
पोखरा महानगरका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमुल, बेलबुटेलगायत स्थानमा पर्याप्तमात्रामा आलुखेती गरिन्छ।

गण्डकी- पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई २९ हजार ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ। 

विभिन्न कृषक समूहको मागका आधारमा आलुको बीउ वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमुल, बेलबुटेलगायत स्थानमा पर्याप्तमात्रामा आलुखेती गरिन्छ।

पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिए।

अघिल्लो वर्ष पोखरामा २५ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो। उनका अनुसार पोखरामा आलुखेती चार सय रोपनी क्षेत्रमा विस्तार गर्नेगरी २९ हजार ५० किलोग्राम बीउ ५० प्रतिशत अनुदानमा दुई सय ५० कृषि फर्म, समूह तथा सहकारीलाई वितरण गरिएको हो। 

आलुको बीउको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारणगरी ५० प्रतिशत अनुदानका लागि महानगरपालिकाले १० लाख १६ हजार सात सय ५० रुपैयाँ लगानी गरेको छ।

आलुको बीउ उत्पादनका लागि अघिल्लो वर्ष पोखराका कृषकलाई अनुदान सहयोग गरिएकामा तिनै कृषकबाट यस वर्ष अनुदानमा वितरण गर्ने बीउ खरिद गरिएको उहाँले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend