बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

हिमालयन रि इन्स्योरेन्सको नाफा २९.२२ प्रतिशतले बढ्यो

images
शुक्रबार, कात्तिक ३० २०८१
images
हिमालयन रि इन्स्योरेन्सको नाफा २९.२२ प्रतिशतले बढ्यो
images
images

काठमाडौं-हिमालयन रि इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोहि अवधिको तुलनामा २९.२२ प्रतिशतले नाफा बढेको छ।

images
images
images

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क १०.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी २२.८० प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको कुल दाबी भुक्तानी समीक्षा अवधिमा १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ।

images
images

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

 


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend