आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

‘गुणे’ धानमा दैलेखका किसानको अधिक आकर्षण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३० २०८१
‘गुणे’ धानमा दैलेखका किसानको अधिक आकर्षण

दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायत स्थानका खेतमा हाल गुणे र कालोगुणे झुलिरहेका छन्।

दैलेख- कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ। यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन्। 

नारायण नगरपालिका-७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए। सोही नगरपालिका-११ बिन्ध्यवासिनीकी पदमा विकले पनि नौ रोपनीमा गुणे धान फलाएकी छिन्। केही दिनपछि यो धान भित्र्याउने तयारीमा खत्री र विक छन्।

अन्य धानको तुलनामा गुणेको मूल्य बढी पाइने भएकाले आफूहरूले यो जातको धान लगाएको भैरवी गाउँपालिका-४ डाँडीमाडीका राजकुमारी आचार्यले बताइन्।

दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायत स्थानका खेतमा हाल गुणे र कालोगुणे झुलिरहेका छन्।

जिल्लाको कुल खेतीयोग्य ४१ हजार १३१ हेक्टरमध्ये झण्डै आठ हजार हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख राजु भूजले बताए। एक हजार हेक्टरमा भने हुने गुणेखेती भएको छ। 

हरेक वर्ष दैलेखमा ३० हजार क्विण्टल टन गुणे धान उत्पादन हुने गरेको भएपनि बजारको माग पूरा हुन नसकेको दैलेखका व्यापारीहरुले बताएका छन्। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend