शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दुईपांग्रे विद्युतीय सवारी बनाउन हिरो इलेक्ट्रिकले र महिन्द्राबीच सहकार्य घोषणा

बुधबार, माघ ५ २०७८
दुईपांग्रे विद्युतीय सवारी बनाउन हिरो इलेक्ट्रिकले  र महिन्द्राबीच सहकार्य घोषणा

हिरो इलेक्ट्रिक र महिन्द्राबीच १ सय ५० करोड भारुको रणनीतिक साझेदारी सम्झौता भएको हो।

काठमाठौं- दुईपांग्रे विद्युतीय सवारी उत्पादक हिरो इलेक्ट्रिकले अर्को भारतीय कम्पनी महिन्द्रासँग सहकार्य गर्ने घोषणा गरेको छ। हिरो इलेक्ट्रिकले बुधबार विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादनका लागि महिन्द्रासँग सहकार्य गर्ने सहमती भएको घोषणा गरेको हो।

हिरो इलेक्ट्रिक र महिन्द्राबीच १ सय ५० करोड भारुको रणनीतिक साझेदारी सम्झौता भएको हो। यो साझेदारी आगामी ५ वर्षसम्म कायम रहने छ। महिन्द्रासँग भएको सम्झौतापछि यही वर्षको अन्त्यदेखि हिरो इलेक्ट्रिकले वार्षिक १० लाख विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्ने दाबी गरेको छ। 

यो बिक्री लक्ष्य भेट्न हिरो इलेक्ट्रिकले हाल रहेको लुधियाना प्लान्टलाई विस्तार गर्ने छ। बजार विस्तार र उत्पादन बढाउने तथा नयाँ उत्पादन ल्याउन दुई कम्पनीले संयुक्त रुपमै काम गर्ने सहमती भएको छ।  

महिन्द्रा समूह विद्युतीय सवारीमा निक्कै पुरानो भएले सहकार्य अघि बढाइएको हिरो इलेक्ट्रिकका प्रबन्ध निर्देशक नवीन मुञ्चालले बताए। हाल महिन्द्राले ३ तथा ४ पांग्रे विद्युतीय सवारी उत्पादन गर्दै आएको छ। 

हिरोसँग भएको सम्झौता पूर्णरुपमा कार्यान्वयन गरेर उल्लेखित उपलब्धी हासिल गर्न आफूहरु तत्पर रहेको महिन्द्रा एन्ड मिहन्द्रा अन्तर्गतको अटो एन्ड फार्म सेक्टरका कार्यकारी निर्देशक राजेश जेजुरिकारले बताएको हिस्दुन्तान टाइम्सले लेखेको छ। 

नेपाल पनि भित्रिसक्यो हिरो इलेक्ट्रिक 

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले यही सातादेखि औपचारिक रुपमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको हो। लक्ष्मी ई मोबिलिटी लक्ष्मी समूहको भगिनी कम्पनीले आधिकारिक बिक्रेताको रुपमा हिरो इलेक्ट्रिक नेपाल ल्याएको हो। 

काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत स्कुटर बिक्री सुरु भएको हो। इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको कम्पनीले जनाएको छ। 

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ। एक पटक फुल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतमा राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा कम्पनीको छ।  

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन्। नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउँदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ। 

लक्ष्मी ई मोबिलिटी प्रालिले काठमाडौंको टेकुमा आफ्नो सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ। कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि समेत आवेदन लिँदैछ। 

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो। हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन्। हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ।


प्रकाशित : बुधबार, माघ ५ २०७८०९:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend