शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको सामान्य बढ्यो

images
बुधबार, कात्तिक २८ २०८१
images
तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको सामान्य बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदी भने प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदीको मूल्य भने सामान्य बढेको छ।

images
images
images

मंगलबार प्रतितोला एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ६२ हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

यो साता लगातार घटेको चाँदीको मूल्य भने बुधबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।

images
images

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, कात्तिक २८ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend