आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २८ २०८१
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष

जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताए। वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन्।

बागलुङ- बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती गरिरहेका छन्।  जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन्।

तीन वर्षअघि किबीखेती थालेका उनलाई अहिले उत्पादन बेच्न भ्याइनभ्याइ छ। गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष सय बोटबाट ६ सय क्विन्टल किबी उत्पादन भएको बताए।

उनले किबीसँगै कागती पनि फलाएका छन्। जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताए। वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन्। 

दैलेखबाट तीन सय ३० रुपैयाँमा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाए।

किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताए। हाल स्थानीय बजारमा प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँमा किबी बिक्री हुँदै आएको छ। किबी बेचेर आफूले हालसम्म दुई लाख रुपैयाँ आर्जन गरेको उनले बताए।  

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए।

अलैँची पकेट क्षेत्र विस्तारका लागि १५ लाख बजेट विनियोजन भएको छ। साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११०:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend