शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत सेयर पाउने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ५ २०७८
फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत सेयर पाउने

काठमाडौं- कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मंगलबार उक्त घोषणा गरेको हो।

रास्कोट नगरपालिका-९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए।

'माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ', उनले भने, 'करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौँ। एउटा रुख बराबर १० रुख रोपण गरिने छ।'

आयोजना निर्माण गर्न ९२ अर्ब रुपैयाँ खर्च हुने आयोजनाका विज्ञ शिवशंकर कार्कीले जानकारी दिए। सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ। 'आयोजनाबारे अध्ययनको काम सकिएको छैन', उनले भने। आवास निर्माणको काम भने थालिएको छ।

जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ। बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ। आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन्।

आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिए।


प्रकाशित : बुधबार, माघ ५ २०७८०५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend