शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

व्यापक हरियालीतर्फ बढ्यो चाडबाडपछिको सेयर बजार, अब नयाँ उचाइ लेला?

२२८ कम्पनीको सेयर मूल्य बढ्दा ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार

images
आइतबार, कात्तिक २५ २०८१
images
images
व्यापक हरियालीतर्फ बढ्यो चाडबाडपछिको सेयर बजार, अब नयाँ उचाइ लेला?
images
images

काठमाडौं- चाडबाड सकिएपछिको सेयर बजार व्यापक हरियालीतर्फ देखिएको छ। तिहारअघि उतारचढावपूर्ण अवस्थामा धरमर गरिरहेको सेयर बजार तिहार बिदापछि पनि अपेक्षा गरेविपरीत कमजोर देखिएको थियो। छठ बिदापछि आइतबार खुलेको बजार व्यापक हरियालीमा देखिएको हो।

images
images
images

यो साता पहिलो कारोबारमा आइतबार ६२.५४ अंकले बढेर बजार २७३८.०६ बिन्दुमा पुगेको छ। २२८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। १३ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

images

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू थिए। कात्तिकमा बजारले त्यसअनुसार साथ नपाइरहँदा आइतबार भने व्यापक वृद्धि देखिएको छ। 

images

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। अहिलेको पर्ख र हेरको अवस्थामा देखिएका लगानीकर्तामा विश्वास फर्किँदै आएकाले बजारले उचाइ लिने उनीहरूको तर्क छ।

लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिँदा आइतबार भने लामो समयपछि उछाल नै आएको हो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend