आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

गलकोटका गोपाल सरको लोभलाग्दो किबीखेती

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २५ २०८१
गलकोटका गोपाल सरको लोभलाग्दो किबीखेती

विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उनलाई आर्थिक रूपमा पनि सबल बनाएको छ। उनले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो।

बागलुङ- कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो। विद्यालय बन्द थिए। घरछेउको पुर्ख्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो। वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो। यही मेसोमा एक दिन उनले किबीखेती गर्ने निर्णय गरे। 

गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाले। गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उनी नमूना किसान भएका छन्।

विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उनलाई आर्थिक रूपमा पनि सबल बनाएको छ। उनले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो। सरल कृषि फार्ममार्फत उनका उत्पादन बजारमा पाइन्छन्। 

विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उनले किबी खेती सुरु गरेका थिए। किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो। दश रोपनी जग्गामा एक सय ५० बोट किबीखेती गरेका उनले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएको बताए। 

उनको बारीमा फलेका किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन्। प्रतिकिलो तीन सयदेखि चार सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि सुरु गरेका छन्। रासस


प्रकाशित : आइतबार, कात्तिक २५ २०८१०९:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend