शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

होन्डाले भारतमा बेच्यो १ करोड साइन १२५ 

बुधबार, माघ ५ २०७८
होन्डाले भारतमा बेच्यो १ करोड साइन १२५ 

२००६ मा भारतमा सार्वजनिक भएको होन्डा साइन १२५ ले १ करोड बिक्री माइलस्टोन प्राप्त गरेको हो। 

काठमाडौं- जापानी मोटरसाइकल कम्पनी होन्डाले भारतमा १ करोड वटा १ सय २५ सीसी इन्जिन क्षमताको साइट मोटरसाइकल बिक्री गर्न सफल भएको छ।

२००६ मा भारतमा सार्वजनिक भएको होन्डा साइन १२५ ले १ करोड बिक्री माइलस्टोन प्राप्त गरेको हो। 

२०१० मा होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले १० लाख वटा साइन बिक्री गरेको थियो। २०१४ मा ३० लाख वटा र २०१७ मा आइपुग्दा ५० लाख वटा होन्डा साइन १२५ बिक्री गर्न होन्डा सफल भएको थियो। २०२० मा कम्पनीसम्ममा भातरमा ९० लाख वटा होन्डा साइन १२५ बिक्री भएको थियो। 

हिरोपछि होन्डा भारतमा धेरै मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनी हो। होन्डाका मोटरसाइकल नेपाली बजारमा समेत लोकप्रिय रहेका छन्।

नेपाली बजारमा होन्डाको सबैभन्दा धेरै बिक्री हुनेमा डियो स्टुर हो। होन्डाको मोटरसाइकल सेगमेन्टमा भने साइन नै नेपाली बजारमा धेरै बिक्री हुन्छ। 


प्रकाशित : बुधबार, माघ ५ २०७८०८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend