बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

अनौठो आर्थिक समस्यामा आयरल्याण्ड : ढुकुटीमा थुप्रिएको पैसा के गर्ने भन्ने फसाद!

images
शनिबार, कात्तिक २४ २०८१
images
अनौठो आर्थिक समस्यामा आयरल्याण्ड : ढुकुटीमा थुप्रिएको पैसा के गर्ने भन्ने फसाद!

एप्पलले आइरिस कर कानूनको छिद्र प्रयोग गरेर अस्वभाविक लाभ लिएको आरोपमा परेको मुद्दामाथि सुनुवाइ गर्दै युरोपियन अदालतले एप्पलको कमजोरी ठहर गरेको थियो। यो फैसलासँगै एप्पलले १३ अर्ब युरो तिर्नुपरेको थियो।

images
images

काठमाडौं- अधिकांश विकसित अर्थतन्त्र चौतर्फी समस्याको चपेटामा परिरहेका छन्। विभिन्न समस्याले थलिएका विकसित देशहरू समाधानका लागि संघर्षरत छन्। तर यसैबीच युरोपको एउटा देश भने अस्वभाविक समस्यामा परेको छ। 

images
images
images

बहुराष्ट्रिय कम्पनीहरूको आकर्षणको केन्द्र मानिने आयरल्याण्ड यतिबेला अनौठो समस्यामा फसेको छ। अधिकांश देशहरू अहिले चर्को मूल्यवृद्धि, उच्च व्याजदर तथा स्रोत व्यवस्थापनको सकसमा छन्। तर आयरल्याण्ड भने ढुकुटीमा थुप्रिएको पैसा के गर्ने भन्ने फसादमा परेको छ। 

images
images

न्यून कर्पोरेट ट्याक्सको सुविधा दिएर संसारभरका कम्पनीलाई आकर्षित गरिरहेको आयरल्याण्डमा एप्पललेको कर विवाद समाधान भएर एकैपटक ठूलो रकम भित्रिएपछि कहाँ खर्च गर्ने र कसरी गर्ने भन्ने समस्या परेको छ। 

images
images

एप्पलले आइरिस कर कानूनको छिद्र प्रयोग गरेर अस्वभाविक लाभ लिएको आरोपमा परेको मुद्दामाथि सुनुवाइ गर्दै युरोपियन अदालतले एप्पलको कमजोरी ठहर गरेको थियो। यो फैसलासँगै एप्पलले १३ अर्ब युरो तिर्नुपरेको थियो। 

यसअघि नै अधिक बचतमा रहेको सरकारी ढुकुटीमा थप बचत भएको छ। अहिले कुल राष्ट्रिय आयको ७.५ प्रतिशत बचत रहेको बताइएको छ। २०२५ मा यसमा २.९ प्रतिशत बिन्दुले थपिने अनुमान गरिएको छ। 

एकातिर संसारका धेरै देश ऋणको बोझले थिचिँदै जाँदा आयरल्याण्डमा भने धेरै बचतले चिन्ता थपिदिएको छ। 

सन् १९५० देखि नै विदेशी कम्पनीलाई आकर्षित गर्न कर सहुलियतको विधि आयरल्याण्डले अपनाउँदै आएको छ। सन् २०१० मा १२.५ प्रतिशत कर्पोरेट ट्याक्स बनाएको यो देशलेले सन् २०१५ मामात्र ७ अर्ब युरो यही शीर्षकबाट कमाएको थियो।

गतवर्ष यस्तो कर २४ अर्ब डलर संकलन भएको थियो। तर सन् २०२१ मा न्यूनतम कर्पोरेट करमा सहमति भएपछि ठूला कम्पनीका लागि अहिले १५ प्रतिशत लागेको छ। यद्यपि आयरल्याण्डले अन्य बाटोबाट सुविधा दिएर कम्पनीहरूलाई आकर्षित गर्दे आएको छ। 


प्रकाशित : शनिबार, कात्तिक २४ २०८१०८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend