शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

५ चिनी मिलले अझै तिरेनन् किसानको साढे ७ करोड

मंगलबार, माघ ४ २०७८
५ चिनी मिलले अझै तिरेनन् किसानको साढे ७ करोड

५ वटा चिनी मिलले ७ करोड ६० लाख ७९ हजार १ सय ३० हजार रुपैयाँ उखु किसानलाई तिर्न बाँकी रहेको  गृहले उद्योग मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ।

काठमाडौं- चार जिल्लाका ५ वटा चिनी मिलले अझै उखु किसानको साढे ७ करोड रुपैयाँ रकम भुक्तानी गरेका छैनन्।

गृह मन्त्रालयले जिल्ला प्रशासनको कार्यालयको सहयोगमा चिनी मिलले किसानलाई तिर्न बाँकी रहेको  बक्यौताको रकम विवरण संकल गरेको थियो। संकलन गरेको विवरण गृहले उद्योग, वाणिज्य तथा आपूीर्त मन्त्रालयमा पठाएको छ।

५ वटा चिनी मिलले ७ करोड ६० लाख ७९ हजार १ सय ३० हजार रुपैयाँ उखु किसानलाई तिर्न बाँकी रहेको  गृहले उद्योग मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ।

उखु किसानलाई भुक्तानी गर्नु पर्ने रकमा जसमा सबैभन्दा बढी बक्यौता सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिजको छ। अन्नपूर्णले ३ करोड १३ लाख ९१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यसैगरी भुक्तानी गर्नु पर्ने रकम श्रीराम सुगर मिलको ३ करोड १२ लाख, इन्दिरा सुगर एण्ड इन्डष्ट्रिजको नाममा १ करोड ६ लाख ५९ हजार, लुम्बिनी चिनी उद्योगको ४ लाख २० हजार र हिमालय सुरग मिल्सको २४ लाख १ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।

यस्तो छ विवरण

suger.jpg


प्रकाशित : मंगलबार, माघ ४ २०७८११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend