मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला चार हजार रूपैयाँले घट्यो

images
बिहीबार , कात्तिक २२ २०८१
images
images
सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला चार हजार रूपैयाँले घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ५५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- लगातार बढिरहेको सुनको मूल्यमा बिहीबार भारी गिरावट आएको छ। 

images
images
images

बुधबार तीनसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँले घटेको छ।

images
images

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँचसय रूपैयाँ कायम छ।

images
images
images

यो साता मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको थियो। बुधबार भने सामान्य मूल्य बढ्दै सुन प्रतितोला एक ला ६८ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार र बुधबार घटेको चाँदीको मूल्य भने बिहीबार पनि ओरालै लागेको छ। 

बिहीबार प्रतितोला ५५ रूपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ कायम छ।

बुधबार चाँदी प्रतितोला १५ रूपैयाँले घट्दै प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend