बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

लिबर्टी र बलेफी हाइड्रोको सेयर मूल्य समायोजन, कतिमा हुनेछ कारोबार?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २० २०८१
images
लिबर्टी र बलेफी हाइड्रोको सेयर मूल्य समायोजन, कतिमा हुनेछ कारोबार?
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। मंगलबार बलेफी हाइड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो।

images
images
images

जसमा बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५१३.२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ। समायोजन पश्चात कम्पनीको मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ।

images
images

त्यस्तै लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको आजको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ। समायोजन पश्चात कम्पनीको मूल्य २१७.३३ रुपैयाँ कायम भएको छ।

images
images

योसँगै अब भोलि बुधबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend