बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

७ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति?

images
मंगलबार, कात्तिक २० २०८१
images
७ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरूमध्ये ७ बैंकले नाफाबाट लाभांश घोषणा गरेका छन्।

images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरूमध्ये ७ बैंकले नाफाबाट लाभांश घोषणा गरेका छन्।

images
images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंक इन्टरनेशनल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन।

images
images

यीमध्ये एभरेष्ट बैंक र सिटिजन्स बैंकले लाभांश साधारण सभाबाट पारित गराइसकेका छन्  एभरेष्ट बैंकले नगद लाभांश सम्बन्धीत सेयरधनीको बैंक खातामा पठाइसकेको छ। 

images
images

७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले ६.५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश करसहित गरेर कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। गतवर्ष  बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो। 

त्यस्तै दोस्रोमा एभरेष्ट बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर ५.५३ प्रतिशत नगद लाभांश गरेर कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। अघिल्लो आवको नाफाबाट बैंकले गत वर्ष सेयरधनीलाई १० प्रतिशत बोनस सेयरधनीलाई र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। गत आवको लाभांश यस बैंकले साधारण सभाबाट पारित गराइसकेको छ। 

नबिल बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। हालसम्ममा यस बैंकले साधारण सभाको सूचना जारी गरेको छैन। अघिल्लो आवको नाफबाट बैंकले गत वर्ष सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

त्यस्तै ग्लोबल आइएमई बैंकले गत आवको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ .५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। यस बैंकले पनि हालसम्ममा साधारण सभाको सूचना जारी गरेको छैन। अघिल्लो आवको नाफाबाट बैंकले गत वर्ष १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरेर कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो। 

सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको छ।  यस बैंकले अघिल्लो आवको नाफाबाट गत वर्ष ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत  नगद लाभांश गरेर कुल १४.७ प्रतिशत लाभांश वितरण गरेको थियो । 

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ। बैंकले अघिल्लो आवको नाफाबाट गत वर्ष कुनै पनि लाभांश वितरण गरेको थिएन। 

सिटिजन्स बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यो प्रस्ताव साधारण सभाबाट पारित गराइसकेको छ। यस बैंकले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 


प्रकाशित : मंगलबार, कात्तिक २० २०८१०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend