बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खनिजमाथिको नियन्त्रण बढाउन विश्वभर लगानी बढाउँदैछ चीन, बाँकी विश्वका लागि टाउको दु:खाइ

बुधबार, कात्तिक २१ २०८१
खनिजमाथिको नियन्त्रण बढाउन विश्वभर लगानी बढाउँदैछ चीन, बाँकी विश्वका लागि टाउको दु:खाइ

प्रतिस्पर्धामा जति पनि मूल्य तिर्न तयार हुने चिनियाँ सरकारी कम्पनीसँग पश्चिमा मुलुकका निजी कम्पनी प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्। यही कारणले चिनियाँ लगानी उनीहरुका लागि टाउको दुखाइ बनिरहेको छ।

काठमाडौं- वर्तमान विश्वमा व्यवस्थाको टपअर्डरमा रहेका मुलुकलाई भविष्यमूखी प्रविधिको बारेमा निकै चिन्ता बढिरहेको छ। अहिलेको शक्ति र नियन्त्रणलाई कायमै राख्नका लागि उनीहरू सम्भावित हरेक क्षेत्रमा लगानी बढाइरहेका छन्।

अनुसन्धान र उत्पादनमाथिको पकड बलियो बनाएर जसरी वर्तमान विश्वमा अमेरिकाले राज गरेको छ ठिक यही बाटोमा अहिले चीन पनि अघि बढिरहेको छ। चीनले भविष्यमूखी प्रविधि र त्यसका लागि आवश्यक सहयोगी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। यही तीव्रताबाट बाँकी विश्व भने चिन्तित बनिरहेको छ। 

कार्वन उत्सर्जनका हिसाबले सन्तुलित अर्थतन्त्र,  अहिलेकोभन्दा किफायति र स्वचालित अर्थतन्त्रका लागि जुन क्षेत्र र पदार्थमा नियन्त्रण आवश्यक छ त्यसैमा चीनले पछिल्लो समय लगानीको भयानक विस्तार गरेको पश्चिमा नीति निर्माताको विश्लेषण रहेको छ। अहिले चीनले गरेको लगानीले भविष्यको नियन्त्रण उसैले लिने उनीहरूले बताउन थालेका छन्। 

अहिलेकोभन्दा सटिक र तीव्र एआई मोडेल विकास गर्न होस वा स्मार्ट प्रविधिको विकास गर्न यो सबैका लागि डेटा सेन्टरनदेखि तीव्र विद्युतीयकरणका लागि खनिज पदार्थ अत्यावश्यक छ। सबैतिर नपाइने र दुर्लभ मानिके कतिपय खनिजमाथिको नियन्त्रण चीनले विश्वभर बढाइरहेको छ। 

यो आँकडा गत वर्ष झन धेरै बढेको छ। गत वर्ष चीनका कम्पनीले यस्ता खनिज उत्खनन् तथा व्यापारमा १६ अर्ब डलर लगानी गरेका छन्। यो लगानी बहुमत स्वामित्वमा भएको खर्चमात्र हो। नियन्त्रणकारी नभएका लगानीको आँकडा यसमा समावेश छैन। चीनमा नपाइने यस्ता खनिज जुन देशमा हुन्छन् त्यही गएर कम्पनीको नियन्त्रण लिन चिनियाँ कम्पनी अधिक मूल्य तिर्न तयार भएका छन्। 

यही अक्टुवरमामात्र चिनियाँ सरकारी कम्पनीले अफगानिस्तानको तामा उत्खनन्मा ५ अर्ब डलर लगनी गर्ने घोषणा गरेको छ। चिनियाँ कम्पनीले अफगानिस्तानमात्र होइन कयौं अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुकमा लगानी गरिरहेका छन्। 

चीनकै मूल्यवान माइनिङ कम्पनी जिन माइनिङले घानाको सुन उत्खनन्मा १ अर्ब लगानी गर्ने घोषणा गरेको थियो। त्यस्तै जाम्बियामा आगामी पाँच वर्षमा ५ अर्ब लगानी गर्ने कम्पनीले प्रतिबद्धतता जनाएको छ। त्यस्तै अर्को सरकारी कम्पनीले फिलिपिन्सको सबैभन्दा ठूलो तामा माइरको नियन्त्रण लिन इच्छुक देखिएको छ। 

विश्वभर जति पनि खनिज उत्खनन् भएका छन् त्यस्तो उत्खनन्माथिको चिनियाँ नियन्त्रण पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ। निकल र लिथियममाथिको आधा नियन्त्रण, कोबल्ट र तामाको पाचौं ठूलो नियन्त्रण रहेको छ। यस्तो नियन्त्रण विदेशमा गएर चिनियाँ कम्पनीले कायम गरेका छन्। 

विद्युतीय गाडी, एआई चिप, डेटा सेन्टर आगामी अर्थतन्त्रका मुख्य ड्राभइर हुन्। यी क्षेत्रमा जसले तीव्र विकास र किफायति सञ्चालन कायम गर्नसक्छ उसैले विश्व अर्डरमा पकड राख्नेछ। यी सबैका लागि यस्ता खनिज अत्यावश्यक छन्।

यिनै खनिजमाथि बढ्दो चिनियाँ नियन्त्रणले आन्तरिक उत्पादनलाई जोड दिने कयौं पश्चिमा मुलुकलाई धक्का हुनसक्नेछ। दौडमा कायमै रहनका लागि आवश्यक पदार्थमाथि चिनिया नियन्त्रण भएमा उनीहरुलाई कठिन हुने देखिएको छ। 

अमेरिका र उसका सारथी मुलुकले चिनियाँ तीव्रतालाई रोक्न कोशिस गरेपनि असफल भएका छन्। प्रतिस्पर्धामा जति पनि मूल्य तिर्न तयार हुने चिनियाँ सरकारी कम्पनीसँग पश्चिमा मुलुकका निजी कम्पनी प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्। यही कारणले चिनियाँ लगानी उनीहरुका लागि टाउको दु:खाइ बनिरहेको छ। 


प्रकाशित : बुधबार, कात्तिक २१ २०८१०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend