शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा

मंगलबार, माघ ४ २०७८
चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा

बेलिब्रिज बनाउन अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

सिन्धुपाल्चोक- हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको श्री इञ्जिनियरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्र नै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।
 
लम्ची खोलामा गत असार १ गते गएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुंगे पुल र ७ वटा पक्की पुल बगाएपछि एकमात्र विकल्पमा रहेको चनौटेको रातोपुलसमेत साउन १६ गते बगाएपछि त्यस भेगका झण्डै १५ हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए। 

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको चनौटे रातोपुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको र उद्घाटन केही दिनमा गरिने सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिए।  

रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालका रूपमा रेहेको बेलिब्रिज बनाउन अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउन बेलिब्रिजले महत्व राख्ने बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गरे।  

पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा ७ र ८ तथा पाँचपोखरीका १ र २ लगायतका ठाउँमा यातायात सहज हुने भएको छ। रासस


प्रकाशित : मंगलबार, माघ ४ २०७८०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend