बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चीनले आफ्ना कार उत्पादकलाई भन्यो - ईभी करको समर्थन गर्ने युरोपेली देशमा लगानी रोक्नु

शनिबार, कात्तिक १७ २०८१
चीनले आफ्ना कार उत्पादकलाई भन्यो - ईभी करको समर्थन गर्ने युरोपेली देशमा लगानी रोक्नु

करको पक्षमा भोट गर्नेहरुले लगानीलाई आकर्षित गर्न नखोजेको र विपक्षमा भोट गर्नेहरुले लगानी आकर्षित गर्न खोजेको निष्कर्ष सो बैठकले निकालेको थियो।

काठमाडौं- चीनले आफ्ना विद्युतीय कार उत्पादक कम्पनीहरुलाई युरोममा हुने ठूलो लगानी राक्ने भनेको छ। युरोपले चीनबाट आउने विद्युतीय कारमा कर बढाउने नीति लिएको छ। यस्तो नीतिलाई साथ दिने युरोपेली मुलुकहरुमा गर्न लागेको ठूलो लगानी रोक्न चीनले आफ्नो देशका कार उत्पादकहरुलाई भनेको हो। 

युरोपेली संघले केही समयअघि चीनमै बनेर आएका विद्युतीय कारमा कर बढाउने नीति लिएको थियो। यसबारे चीनले नयाँ कदम चालेको रोयटर्सले लेखेको छ। चीनको उक्त निर्णयले युरोपलाई थप विभाजित गर्न सहयोग पुग्ने अनुमान हुन थालेका छन्। 

बेइजिङसँगको लामो रस्साकस्सीपछि बुधबारदेखि युरोापियन युनियनले लगाएको ४५.३ प्रतिशतसम्मको कर कार्यान्वयनमा आएको हो। यही महिना भएको भोटिङमा फ्रान्स, पोल्यान्ड, इटालीसहितन १० युरोपेली सदस्य देशले उक्त नीतिको समर्थनमा मतदान गरेका थिए। त्यस्तै जर्मनीसहित ५ देशले विपक्षमा र १२ देशले भोट हाल्न इन्कार गरेका थिए। 

चिनियाँ सवारी उत्पादकहरु बीवाईडी, एसएआईसी, जीलीलगायतले अक्टोबर १० मा वाणिज्य मन्त्रालयको बैठकमा ठूलो लगानी गरिने देश जसले विपक्षमा मतदान गरेकामा हुने लगानी रोकिनु पर्ने विषय उठेको थियो। चिनियाँ वाणिज्य मन्त्रालयको उक्त बैठकमा चिनियाँसहित केही अन्य देशका सवारी उत्पादकसमेत सहभागिता रहेको रोयर्टसले दाबी गरेको छ। 

करको पक्षमा भोट गर्नेहरुले लगानीलाई आकर्षित गर्न नखोजेको र विपक्षमा भोट गर्नेहरुले लगानी आकर्षित गर्न खोजेको निष्कर्ष सो बैठकले निकालेको थियो। 

चिनियाँ पक्ष सबैलाई चिड्याउनेभन्दा पनि करको विपक्षमा भोट गर्ने देशहरुलाई र त्यहाँको सरकारलाई मनाउने योजनामा लागेको छ। पछिल्लो पटक चीनबाट हुने विद्युतीय कार निर्यातमा केही गिरावट आएकाले पनि कडा नीति अपलम्बन गर्ने पक्षमा चीन देखिँदैन। 

२०२३ मा युरोपमा बिक्री भएको समग्र ईभीमा ४० प्रतिशतभन्दा बढी चीनबाट आयात भएका हुन्। रोयटर्सले विश्लेषण गरेको यो तथ्यांक चाइना प्यासेन्जर कार एशोसिएसनबाट लिइएको हो। 

अमेरिका र क्यानडाले चीनमा बनेका विद्युतीय कारमा शतप्रतिशत कर लगाएपछि युरोपमा चिनियाँ विद्युतीय कारको निर्यात घटेको थियो। यसले निर्यात घटाएपछि आन्तरिक बजारमा चिनियाँ कार उत्पादकहरुको तनाव सुरु भएको छ। धेरै उत्पादन हुँदा आन्तरिक बजारमा अस्वस्थ्य प्रतिस्पर्धा बढाएकाले निर्यात बजार चिनियाँ विद्युतीय सवारी उत्पादकका लागि अनिवार्य नै छ। 

युरोपमा लगानी 

गत महिना स्पेनका प्रधानमन्त्री पेड्रो सानचेजले चीन भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा चिनियाँ कम्पनीहरुले स्पेनमा प्लान्ट स्थापना गर्न १ अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएका थिए। सो प्लान्टबाट सुरुमा मेसिनरी प्रयोजनका लागि हाइड्रोजन उत्पादन हुनेछ। युरोपेलीसँगको मतदानमा भोट हाल्न सहभागी नहुने १२ देश मध्ये एक स्पेन थियो। 

सुरुमा इटाली र फ्रान्स पनि चिनियाँ लगानी भित्र्याउने पक्षमा थिए। तर पछिल्लो समय बाढीझै आएको सस्तो चिनियाँ विद्युतीय कारले युरोपका सवारी उत्पादकलाई नै समस्या पार्ने देखिएपछि उनीहरु विपक्षमा देखएका हुन्। 

चीनको दोस्रो ठूलो सवारी निर्यातकर्ता एसएआईसीले ईभी प्लान्ट स्थापना गर्न युरोपलाई छनोट गरेको छ। एसएआईसीले यो वर्ष फ्रान्समा दोस्रो ईभी पार्टस उत्पादन प्लान्ट स्थापना गर्न लागेको छ। एसएआईसीको स्वामित्वमा रहेको बेलायती ब्रान्ड एमजीका कारको माग बढेपछि कम्पनीले उक्त तयारी गरेको हो। 

इटाली सरकारसँग चेरी तथा डोङफेङ मोटर र अन्य चिनियाँ कार उत्पादक कम्पनीले सम्भावित लगानीबारे छलफल गरिरहेका छन्। 

त्यस्तै बीवाईडीले करको विपक्षमा भोट गर्ने हंगेरीमा प्लान्ट स्थापना गर्ने तयारी छ। नेदरल्यान्डमा प्लान्ट खोल्ने तयारी गरेको बीवाईडीले लगतलाई आधार बनाएर त्यहाँबाट हंगेरीमा प्लान्ट बनाउने निष्कर्ष निकालेको हो। 


प्रकाशित : शनिबार, कात्तिक १७ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend