शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्री सुरु

सोमबार, माघ ३ २०७८
हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्री सुरु

काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत स्कुटर बिक्री सुरु भएको हो।

काठमाडौं- भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको छ। लक्ष्मी ई मोबिलिटी लक्ष्मी समूहको भगिनी कम्पनी हो। 

काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत स्कुटर बिक्री सुरु भएको हो। इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको कम्पनीले जनाएको छ। 

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ। एक पटक फुल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतमा राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा कम्पनीले गरेको छ।  

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन्। नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउँदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ। 

लक्ष्मी ई मोबिलिटी प्रालिले काठमाडौंको टेकुमा आफ्नो सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ। कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि समेत आवेदन लिँदैछ। 

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो। हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन्। हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ।


प्रकाशित : सोमबार, माघ ३ २०७८१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend