शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

अरुण भ्याली हाइड्राेपावरकाे किन हुँदैछ लगातार सर्वाधिक कारोबार? सेयर मूल्य पनि बढेको बढ्यै

images
सोमबार, माघ ३ २०७८
images
अरुण भ्याली  हाइड्राेपावरकाे किन  हुँदैछ लगातार सर्वाधिक कारोबार?  सेयर मूल्य पनि बढेको बढ्यै

सोमबार अरुणको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

images
images

काठमाडौं- साताको दोस्रो दिन सोमबार पनि अरुण भ्याली हाइड्राेपावरको सर्वाधिक कारोबार भएको छ। आइतबार पनि अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको थियो।  

images
images
images

सोमबार अरुणको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको सोमबार प्रतिकित्ता ५७१.३० पैसामा कारोबार भएको हो। कम्पनीको सोमबार ७ लाख ९९ हजार २ सय ४ कित्ता सेयर कारोबार भएको छ।

images
images

अरुणको आइतबार पनि ३६ करोड ४३ लाख १७ हजार बराबरको सेयर खरिदबिक्री भएको थियो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३९.५० कायम भएको हो। कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेकाले लगानीकर्ताको आकर्षणमा परेको देखिन्छ।

images
images

कम्पनीको  पछिल्लो ५२ हप्तामा ७८५ मा अधिकतम मूल्यमा कारोबार भएको थियाे भने न्युनतम २२७ रुपैयाँमा प्रतिकित्ता काराेबार भएकाे थियाे।

arun.PNG

कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण पछि कायम चुक्तापुँजी ५० प्रतिशत अर्थात १:०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेको छ। बोनस सेयर र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ।

१० प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७२ करोड ५० लाख रुपैयाँभन्दा बढी पुग्नेछ। नियामक निकाय विद्युत् नियमन आयोग र धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ। 


प्रकाशित : सोमबार, माघ ३ २०७८११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend