शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पेशागत सुरक्षाका लागि एकजुट हुन सुनचाँदी व्यवसायीको आग्रह

images
सोमबार, माघ ३ २०७८
images
पेशागत सुरक्षाका लागि एकजुट हुन सुनचाँदी व्यवसायीको आग्रह

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले व्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकिने बताए।

images
images

काठमाडौं- सुनचाँदी व्यवसायीहरुले व्यवसायीक सुरक्षाका लागि व्यवसायीहरुबीच एकता हनपर्ने खाँचो औंल्याएका छन्। व्यवसायीबीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने उनीहरुको भनाइ छ। 

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी व्यवसायीहरुले दुई महासंघबीच आपसीएकताको खाँचो औल्याएका हुन्। 

images
images

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले व्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकिने बताए। सुनचाँदी व्यवसायीले कच्चा पदार्थको अभावदेखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघबीच कम्तिमा पनि साझा मुद्दामा एकता हुनुपर्ने उल्लेख गरे। 

images
images

त्यसक्रममा रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेशमान शाक्यले सवै सुनचाँदी व्यवसायीका मुद्दा एउटै भएकोले सबै मिलेर अगाडि बढ्नुपर्ने खाँचो औल्याए। त्यसक्रममा महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघबीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने बताए। 


प्रकाशित : सोमबार, माघ ३ २०७८१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend