आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

नेपाल-भारतमैत्री पशुपति धर्मशालाको सम्झौता रद्द गर्न छानबिन समितिको सिफारिस

images
सोमबार, माघ ३ २०७८
images
नेपाल-भारतमैत्री पशुपति धर्मशालाको सम्झौता रद्द गर्न छानबिन समितिको सिफारिस
images
images

काठमाडौं- नेपाल-भारतमैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहलाई दिने सम्झौता रद्द गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबनि समितिले सुझाव दिएको छ।

images
images
images

छानबिन समितिले कोषका तत्कालिन सदस्य सचिव प्रदीप ढकालले कानून विपरित सम्झौता गरेको र बतास समूहले सम्झौता विपरित संरचना बनाएको ठहर गरेको छ। 

images
images

धर्मशाला भाडामा दिने सम्झौतामा उल्लेख भएको भन्दा बाहिर संरचना बनाएको एक वर्षयताको ९९ लाख रुपैयाँ भाडा पनि बतासले नतिरेको छानबिन  समितिको निष्कर्ष छ।

images
images

धर्मशाला २०७६ बैशाखमा बतास समूहको आनन्द होटल प्रालिलाई दिने निर्णय तत्कालिन सदस्य सचिव प्रदीप ढकालले गरेका थिए।

छानबिनको क्रममा बतासले धर्मशालामा सम्झाैता विपरित विलासिताको स्पा देखि जिम गर्ने ठाउँ समेत बनाएको र भने अनुसारको सस्तो रुम नराखेको देखिएको समितिले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेका थिए।

पाँच सदस्यीय उक्त समितिका सदस्यमा परिषद सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल थिए  भने मन्त्रालयका लेखा उपसचिव सदस्यसचिव रहेका थिए।


प्रकाशित : सोमबार, माघ ३ २०७८१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend