शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा समस्या

images
सोमबार, माघ ३ २०७८
images
ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा समस्या

कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव  मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ।

images
images

काठमाडौं-कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव  मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ। सतही ढल निकास र मानव मलमूत्र निकास गरी दुई क्षेत्रमा आयोजनाले काम गर्दै आए पनि ढलका लागि निर्माण हुने नालीको लाइन र खानेपानीको लाइन एउटै ठाउँमा परेकाले  समस्या देखिएको हो।  

images
images
images

खानेपानीको पाइप लाइन बीचमा पारेर नाली निर्माण गर्न थालेपछि स्थानीयवासीले विरोधसमेत गरेका थिए। उनीहरूले नाली निर्माण गर्दा पाइपलाइन बीचमा भएको अवस्थामा भोलिका दिनमा पाइप टुट्फुट भए नाली नै भत्काउनुपर्ने परिस्थिति आउने भन्दै विरोध गरेको स्थानीयवासी रामबहादुर विष्टको गुनासो थियो।

images
images

नाली विस्तारका लागि विसं २०७७ पुस १५ गते  ६० करोड ८९ लाख ३ हजार ६५२मा  तुँदी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएकोे थियो। निर्माण कम्पनीले २०७९ पुस १५ सम्म आयोजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको तर दीसा पिसाबबाट मल उत्पादन गर्ने उद्देश्यका साथ निर्माण भइरहेको संरचनाको काम भने गत पुस १५ गते नै सम्पन्न गर्नुपर्ने थियो।

images
images

अहिले स्थानीयवासीको शौचालयमा जम्मा भएको मलमुत्र व्यवस्थापनका लागि ठाउँ नहुँदा कतिपयले आफ्नै खेतबारीमा त कतिपयले घर नजिकै रहेका कुलाको पानीमा मिसाउँदै आएका छन्।

आयोजनाका म्यानेजर पोख्रेलले  ढल निर्माणको काम पनि समयमै सम्पन्न गर्ने गरी काम हुँदै आएको र  कुनै अवरोध नभए  काम समयमै सम्पन्न हुने जानकारी दिए। नेपाल सरकारको ७५ प्रतिशत र टीकापुर नगरपालिकाको १५ प्रतिशत लागत रहेको ढल निकासका लागि २९ किलोमिटर लामो नाली निर्माण हुन लागेको छ।

रासस


प्रकाशित : सोमबार, माघ ३ २०७८०७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend