सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

संकटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन गरिएको छ : प्रधानमन्त्री ओली

images
बुधबार, कात्तिक ७ २०८१
images
images
संकटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन गरिएको छ : प्रधानमन्त्री ओली

'बाढीपहिरोका कारण मृत्यु भएका तीन सय ९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन्। बाढी पहिरोबाट प्रभावित दुई हजार पाँचसय ५५ परिवारलाई चार करोड ५० लाख रूपैयाँ तत्काल प्रदान गरिएको छ,' प्रधानमन्त्री केपी ओलीले भने।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संकटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन्।

images
images

वर्तमान सरकारको एकसय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उनले विपदबाट प्रभावित परिवारलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए।

images
images

'वर्तमान सरकार बनेको केही दिनअघि सिमलतालस्थित त्रिशूली नदीमा बस खस्दा तीर्थयात्री बेपत्ता भएको दुःखद घटनाबाट शोकमा थियौँ। त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो,' प्रधानमन्त्री ओलीले भने, 'मुलुक गत असोज १० गतेदेखि १३ गतेसम्म अकल्पनीय बाढी पहिरोको चपेटामा पर्‍यो। यसै अवधिमा देशभर सात हजार एकसय ३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटना भए। प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्‍यो। कृषिबाली, पशुचौपाया एवं सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युतलगायत भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो।'

images
images
images

पीडित परिवारको राहत, घाइतेको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनामा सरकार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

'बाढीपहिरोका कारण मृत्यु भएका तीन सय ९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन्। बाढी पहिरोबाट प्रभावित दुई हजार पाँचसय ५५ परिवारलाई चार करोड ५० लाख रूपैयाँ तत्काल प्रदान गरिएको छ,' प्रधानमन्त्री ओलीले भने, 'प्रारम्भिक क्षतिको आकलन गरी अस्थायी बासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा राख्यौँ। हामी अहिले बाढीपहिरोले क्षति पुर्‍याएका भौतिक संरचनाको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौँ। संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चारलगायत अत्यावश्यक सेवा पन्ध्र दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेका छौँ।' रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend