शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतबाट कार निर्यात ४६ प्रतिशत बढ्यो, सुजुकी अग्रस्थानमा 

बिहीबार , माघ ६ २०७८
भारतबाट कार निर्यात ४६ प्रतिशत बढ्यो, सुजुकी अग्रस्थानमा 

चालु आर्थिक वर्ष २०२१/२२ को ९ महिना (अप्रिल-डिसेम्बर)मा प्यासेन्जर कार निर्यात ४६ प्रतिशतले बढेर ४ लाख २४ हजार ३७ वटा पुगेको छ।

काठमाडौं- भारतबाट हुने कार निर्यात ४६ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०२१/२२ को ९ महिना (अप्रिल-डिसेम्बर)मा प्यासेन्जर कार निर्यात ४६ प्रतिशतले बढेर ४ लाख २४ हजार ३७ वटा पुगेको छ। गत वर्षको सोही अवधिमा भारतबाट ४ लाख ९१ ह्जार १ सय ७० वटा कार निर्यात भएको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम)ले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

अप्रिल-डिसेम्बर २०२१/२२ मा सबैभन्दा धेरै कार निर्यात गर्ने कम्पनीमा मारुती सुजुकी इन्डिया रहेको छ। यो अवधिमा सुजुकीले भारतमा १ लाख ६८ हजार कार निर्यात गर्न सफल भएको हो। 

प्यासेन्जर कार निर्यात ४५ प्रतिशत बढेर २ लाख ७५ हजार ७ सय २८ वटा निर्यात हुँदा युटिलिटी भेहिकल निर्यात ४७ प्रतिशत बढेर १ लाख ४६ हजार ६ सय ८८ वटा पुगेको हो। त्यस्तै भ्यानको निर्यात करिब दोबरले बढेको हो। अप्रिल-डिसेम्बर २०२१/२२ मा भ्यान १ हजार ६ सय २१ वटा हुँदा गत वर्षको सोही अवधिमा ८ सय ७७ वटामात्र निर्यात भएको थियो। 

कम्पनी अनुसार मारुती सुजुकी पहिलो निर्यात कम्पनी हुँदा कोरियाली कार निर्माता कम्पनी हुन्डाई इन्डिया दोस्रो र किया इन्डिया तेस्रो भएका छन्। सुजुकीले अप्रिल-डिसेम्बरको अवधिमा भारतबाट १ लाख ६७ हजार ९ सय ६४ प्यासेन्जर सवारी निर्यात गर्दा गत वर्ष ५९ हजार ८ सय २१ वटा निर्यात गरेको थियो। 

सुजुकीको सुपरक्यारी पनि १ हजार ९ सय ५८ वटा निर्यात भएको हो। मारुती सुजुकीको सबैभन्दा राम्रो बजार ल्याटिन अमेरिका, आसियान मुलुक, अफ्रिका, मध्यपूर्व तथा नेपाललगायत छिमेकी मुलुक हुन्। भारतबाट सबैभन्दा धेरै निर्यात हुने सुजुकीका ५ मोडलमा बलेनो, डिजायर, स्वीफ्ट, एस-प्रेसो र ब्रेजा हुन्। 

त्यस्तै हुन्डाई इन्डियाले अप्रिल-डिसेम्बर २०२१/२२ मा १ लाख ५९ वटा कार निर्यात गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशत धेरै हो। त्यस्तै किया इन्डियाले ३४ हजार ३ सय ४१ वटा कार निर्यात गरेको हो। कियाले गत वर्ष २८ हजार ५ सय ३८ कार निर्यात गरेको थियो।

त्यस्तै जर्मन कार निर्माता कम्पनी फक्सवागनको इन्डियन कम्पनी फक्सवागन इन्डियाले अप्रिल-डिसेम्बर २०२१/२२ मा भारतबाट २९ हजार ७ सय ९६ वटा कार निर्यात गरेको हो। 

नेपाल आयात हुने अधिकांश कार भारतमै निर्मित हुने गरेका छन्। सबैजसो साना तथा मध्यम सेगमन्टका कार भारतबाटै नेपाल आउने गरेका छन्। भारतमा प्लान्ट भएका युरोपेली, कोरियाली, जापानीलगायत कम्पनीका कार नेपाली बजारमा समेत लाकप्रिय रहेका छन्।


प्रकाशित : बिहीबार , माघ ६ २०७८०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend