आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

मेची भन्सार कार्यालयबाट ३ महिनामा ३ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ४ २०८१
images
images
मेची भन्सार कार्यालयबाट ३ महिनामा ३ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन

चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन  गर्ने लक्ष्य लिएको छ।

images
images

झापा- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३ अर्ब ५८ करोड ९० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो।

images
images

चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन  गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए।

images
images

आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार संकलन भएको थियो। उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९  करोड १७ लाख ४१ हजारले बढी हो।

images
images
images

आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो। आव २०८१/८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११२:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend