शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सुन जस्तो देखिने १६ तोला पहेँलो धातुसहित एकजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २ २०७८
images
सुन जस्तो देखिने १६ तोला पहेँलो धातुसहित एकजना पक्राउ

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस जाँच गर्दा उनी पक्राउ परेका हुन्।

images
images

काठमाडौं- पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १६ तोला बराबरको सुन जस्तो देखिने धातुको तीन वटा सिक्रीसहित बागलुङ गैरागाउँ बस्ने २० वर्षीय अमर बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।  

images
images
images

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको पहेँलो धातुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

images
images

नक्कली नोट सहित पक्राउ              

यस्तै सिरहा गोलबजार नगरपालिका-६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली जस्तो देखिने नोटसहित भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

images
images

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 


प्रकाशित : आइतबार, माघ २ २०७८०८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend