आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर वसन्तराज मिश्रको निधन

images
आइतबार, कात्तिक ४ २०८१
images
images
‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर वसन्तराज मिश्रको निधन

विस २००९ साल माघमा जन्मिएका मिश्रको आइतबार बिहान निधन परिवारिक स्रोतले जानकारी दिएको छ। डेंगी र ब्रेन ह्याम्रेज भएका मिश्रको आइतबार निधन भएको हो।

images
images

काठमाडौं- पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ। ४० वर्षदेखि पर्यटन व्यवसायमा आवद्व टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष व्यवसायी मिश्रको ७२ वर्षको उमेरमा निधन भएको हो। 

images
images

विस २००९ साल माघमा जन्मिएका मिश्रको आइतबार बिहान निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई डेंगी र ब्रेन ह्माम्रेज भएको थियो। 

images
images

मिश्र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्षसमेत थिए। उनी पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष तथा एशोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्षसमेत थिए।

images
images
images

नेपाल पर्यटन बोर्डका संस्थापक सदस्य तथा चिलीका अवैतनिक वाणिज्यदूत मिश्र नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर मानिन्छन्। 

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्वसमेत गर्दै आएका मिश्र नेपालमा खर्चालु तथा गुणस्तरीय पर्यटक भित्र्याउने कम व्यवसायीमध्ये पर्दथे। मिश्रले कल्याणकारी संस्था बनाएर सामाजिक सेवाका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएका थिए।

एक छोरा र श्रीमती भएका मिश्रको आज आइतबार नै अन्तिम संस्कार गरिनेछ। 


प्रकाशित : आइतबार, कात्तिक ४ २०८१०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend