आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ३ २०८१
बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

राप्ती सोनारी गाउँपालिका-४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए। उनले समयमा नै पानी परेको र  समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे।

नेपालगञ्ज- बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ। अनुकूल मौसम रसमयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो।  

केन्द्रप्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर यसलाई मापन गर्न ‘क्रस कटिङ’को विधिअनुसार तथ्याङ्क आउनुपर्ने बताए।

उनले दसैँअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए। 'हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ', उनले भने।  

जिल्लाको ३४ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ। यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ। 

जिल्लाको राप्ती सोनारी गाउँपालिका-४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए। उनले समयमा नै पानी परेको र  समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे। रासस


प्रकाशित : शनिबार, कात्तिक ३ २०८११५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend