आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

नेपाली बजारमा गहुँको माग बढ्यो, भारतबाट दुई लाख मेट्रिकटन आयात गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २ २०८१
images
images
नेपाली बजारमा गहुँको माग बढ्यो, भारतबाट दुई लाख मेट्रिकटन आयात गरिने

बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले जनाएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ।

images
images

बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल थालेको हो। 

images
images

भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए।

images
images
images

मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादकलगायत व्यवसायीबाट गहुँ, पिठो र मैदा सहजरुपमा आपूर्तिको माग आएपछि गहुँ आयातको पहल थालिएका र यसप्रति भारत सरकार सकारात्मक रहेको उनले बताए। 

मैदा व्यवसायीले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन्। व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयले आग्रह गरेको प्रवक्ता अधिकारीले बताए। बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले जनाएको छ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए पनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताए। नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेकाले उनले सरकारलाई सहज गरिदिन आग्रह गरे। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने तथा अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताए।


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८१११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend