शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

चारवटा भैँसी भए गोठ बनाउन अनुदान पाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २ २०८१
images
चारवटा भैँसी भए गोठ बनाउन अनुदान पाइने

कर्णाली प्रदेश सरकारद्वारा हस्तान्तरण गरिएको सशर्त अनुदान रकमबाट पशु र मानव घर अलग बनाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

images
images

सुर्खेत- चारवटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले गोठ निर्माण गर्न अनुदान पाउने भएका छन्।

images
images
images

मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए।

images
images

बारेकोटमा अधिकांश स्थानीयले माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा पशुचौपाया पालन गर्दै आएका छन्। यो समस्या हल गर्न गाउँपालिकाले चारवटा भैँसीपालन गर्ने पशुपालक स्थानीयलाई अनुदानको रकम लिएर छुट्टै पशुघर निर्माण गर्न आग्रह गरिएको अध्यक्ष गिरीले जानकारी दिए। 

images
images

मानव स्वास्थ्य र पशुपालक किसानलाई मल उत्पादनदेखि पशु स्वास्थ्य बनाउन यो योजनाले सघाउ पुर्याउने गाउँपालिकाले अपेक्षा लिएको छ। चारवटा भैँसीपालन नगर्ने किसानलाई अनुदान नदिइने अध्यक्ष गिरीले बताए।

बारेकोटमा पशुपालन बढी हुने गरेको छ। कर्णाली प्रदेश सरकारद्वारा हस्तान्तरण गरिएको सशर्त अनुदान रकमबाट पशु र मानव घर अलग बनाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

अनुदानका लागि वडा कार्यालयको सिफारिस, वडाको पशु प्राविधिकको सिफारिसलगायत कागजात पालिकामा बुझाउनुपर्ने सर्त छ। पालिकाले १ देखि ९ वडाका पशुपालक किसानलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ। पालिकाले यसभन्दा अघि आफ्नै बजेटबाट पनि केही पशुघर निर्माण गरेको छ। 

गाउँपालिकाले पशु चौपाया बिरामी भए उपचार गर्न १२ लाख विनियोजन गरेको छ। पशु स्वास्थ्य शिविर सञ्चालन गर्न रु दुई लाख रकम विनियोजन गरिएको छ। विभिन्न रोगको महामारी फैलिन नदिन पालिकाले विशेष योजना बनाएको छ। गाउँगाउँमा गएर पशु चौपायाको उपचार गर्न शिविर सञ्चालन गर्न उक्त रकम विनियोजन गरिएको हो।

एक वडा, एक प्राविधिक कार्यक्रम लागू गरेर पालिकाभित्रका पशु चौपायाको उपचार, रेखदेखका तथा पशु सेवाका लागि ५२ लाख २० हजार विनियोजन गरिएको अध्यक्ष गिरीले बताए। जिल्लाको एकमात्र पाटन क्षेत्र भएको पालिकामध्ये एक बारेकोट हो।

नलगाड नदी किनारमा यहाँ बस्ती छन्। नलगाड नदीको उद्गमस्थलसमेत बारेकोटमा नै छ। वर्षायाममा यहाँका पशुधन पाटन र हिउँदयाममा गाउँ झारिन्छन्। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend