आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

बाढी पहिरोको क्षतिपछि ८ अर्ब ९८ करोडको बीमा दाबी, शिखर इन्स्योरेन्समार्फत सबैभन्दा बढी भुक्तानी

images
बिहीबार , कात्तिक १ २०८१
images
images
बाढी पहिरोको क्षतिपछि ८ अर्ब ९८ करोडको बीमा दाबी, शिखर इन्स्योरेन्समार्फत सबैभन्दा बढी भुक्तानी

सम्पत्ति बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, सवारीसाधन बीमा, कृषि बाली बीमा तथा पशुपक्षी बीमामा दाबी भुक्तानी भइरहेको हो। जसमा सबैभन्दा धेरै काठमाडौंमा १ हजार ७ सय ३१ दाबी संख्या रहेको छ।

images
images

काठमाडौं- गएको असोज दोस्रो साता अविरल वर्षाको कारणले भएको क्षतिबाट देशभर निकै जनधनको क्षति भएको थियो। जसमा बीमा गरिएका सम्पत्तिको दाबी भुक्तानी बीमा कम्पनीहरूले सुरु गरेका छन्। जसमा सबैभन्दा धेरै दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ। 

images
images

अविरल वर्षाका कारण आएको बाढी पहिरोको क्षतिपछि ८ अर्ब ९८ करोड ३० लाख २६ हजार रुपैयाँ बीमा दाबी परेकोमा गएको असोज २९ गतेसम्मको विवरणअनुसार बीमा कम्पनीहरूले १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेका छन्। जसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले १७ करोड २४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ। 

images
images

सम्पत्ति बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, सवारीसाधन बीमा, कृषि बाली बीमा तथा पशुपक्षी बीमामा दाबी भुक्तानी भइरहेको हो। सबै गरेर ३ हजार २ सय ४४ वटा दाबी परेकोमा भुक्तानी भएको संख्या ९७ रहेको छ। त्यसमा शिखरले मात्र ८९ दाबी भुक्तानी गरिसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

images
images
images

 


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend