शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

८ सिटसम्मका कारमा अब ६ एयरब्याग अनिवार्य

आइतबार, माघ २ २०७८
८ सिटसम्मका कारमा अब ६ एयरब्याग अनिवार्य

२०२० मा भारतमा ३ लाख ६६ हजार सडक दुर्घटनाबाट १ लाख ३२ हजार मानिसको ज्यान भएको थियो। 

काठमाडौं- भारत सरकारले सवारीसाधनलाई थप सुरक्षित बनाउन भन्दै ८ सिट क्षमतासम्मका सवारीसाधनमा ६ वटा एयरब्याग अनिवार्य गर्ने नियम लागु गर्ने भएको छ। सरकारले उक्त नियम आगामी अक्टोबर १ देखि कार्यान्वयन गर्ने तयारी गरेको जनाएको छ। 

भारत सडक दुर्घटनामा धेरै मानिसले ज्यान गुमाउने देश मध्येमा पर्छ। त्यसैले सम्भावित दुर्घटनाबाट हुने मृत्यु जोखिमलाई न्यूनीकरण गर्न सरकारले नयाँ नियम लागु गर्न लागेको हो। यसअघि भारत सरकारले सबै प्रकासकार प्यासेन्जर कारमा दुईवटा एयरब्याग अनिवार्य गरिसकेको छ। 

अब अक्टोबर १ देखि नयाँ बन्ने सवारीमा दुई वटा साइडमा र दुईवटा पछाडी सिटमा बस्नेको सुरक्षाका लागि एयरब्याग राख्ने पर्ने नियम लागु गर्न लागिएको भारतको सडक यातायात तथा हाइवे मन्त्रालयले जनाएको छ। नयाँ नियमले सडक दुर्घटनाबाट हुने मृत्युको जोखिम कम गर्न सहयो पुग्ने विश्वास मन्त्रालयले गरेको छ। 

२०२० मा भारतमा ३ लाख ६६ हजार सडक दुर्घटनाबाट १ लाख ३२ हजार मानिसको ज्यान भएको थियो। 

साना सवारीमा थप एयरब्याग राख्दा सवारीको लागत स्वतः बढ्ने छ। साना र सस्तो कार धेरै बिक्री हुने भारतजस्तो बजारमा यो निर्णय निक्कै चुनौतीपूर्ण हुने छ। 

भारत सरकारले प्रस्तावित उक्त नियमबारे आफ्नो राय पेस गर्न सवारी उत्पादनक तथा आम नागरिकलाई आग्रह गरेको छ। यसका लागि सरकारले ३० दिनको समय दिएको छ।

नेपालमा आउने अधिकांश सवारी भारतमै निर्मित हुने भएकाले सुरक्षाका दृष्टिले थप सुरक्षित सवारी आउने छन्। तर योसँगै सवारीको मूल्य समेत बढेर आउने छ।


प्रकाशित : आइतबार, माघ २ २०७८०५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend