आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बोटको लटरम्म सुन्तलामा रोग लागेपछि किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३० २०८१
बोटको लटरम्म सुन्तलामा रोग लागेपछि किसान चिन्तित

तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभइ काठमाडौं उपत्यकामा पनि खपत हुने गरेको छ।

तनहुँ- देवघाट गाउँपालिका-३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन्। उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो। 

सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताए। रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उनको माग छ। 

आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ। सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको उनले दु:खेसो गरे। 

तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभइ काठमाडौं उपत्यकामा पनि खपत हुने गरेको छ। गतवर्ष लुङग्रिङ गाउँबाट तीन करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज ३० २०८१०९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend