आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

बुधबार, असोज २३ २०८१
कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ
फाइल तस्बिर

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्रयाउने गरेका किसानसमेत यतिबेला मौसमी गड्बडीका कारण आधुनिक उपकरण प्रयोग गरि धान भित्रयाउन लागि परेका छन्।

कैलाली- कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ।

किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरुलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ।

धनगढी उपमहानगरपालिका-२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे।

उनले भने, 'हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छाैँ।'

केही दिनदेखि बादल लागेर पानी पर्नेजस्तो मौसम देखिन थालेपछि लगानी र परिश्रम खेर जाने हो की भन्दै यहाँका अधिकांश किसानका मनमा एक किसिमको चिन्ता हुन थालेको छ। 

खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्राउनका लागि थ्रिसेरको पालो कुर्नु परेको दुखेसो पोखे। धान थ्रिसेर गर्नका लागि पालो पर्खँदासमेत धान थ्रिसेर गर्ने किसानको चापका कारण मेसिन नपाएरै फर्कनु परेको उनले बताए।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्रयाउने गरेका किसानसमेत यतिबेला मौसमी गड्बडीका कारण आधुनिक उपकरण प्रयोग गरि धान भित्रयाउन लागि परेका छन्।

किसानहरु पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्रयाउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन्। नेपालीहरुको महान चाड बडादसैँ सुरु भइसकेको छ।

दसैँको टीकाको दिन आउन तीनदिन मात्रै बाँकी छ। तैपनि यहाँका किसान मौसममा गडबडी देखिन थालेपछि दशैँलाई व्यवास्था गर्दे उनीहरु खेतमा पाकेको धानबाली भित्र्याउन आ-आफ्ना खेतमा साना देखि ठूला घरपरिवारका सबै सदस्यहरु जुटेको पाइन्छन्।

केही थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइसकेका छन्। किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायतका विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन्। रासस


प्रकाशित : बुधबार, असोज २३ २०८११२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend