शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बतास अर्गनाइजेसनको पक्षमा उद्योग वाणिज्य महासंघले निकाल्यो विज्ञप्ति 

अनुमति दिएको व्यवसाय स्पष्टीकरणको मौका नदिइ भत्काउनु चिन्ताजनक: महासंघ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ३० २०७८
images
बतास अर्गनाइजेसनको पक्षमा उद्योग वाणिज्य महासंघले निकाल्यो विज्ञप्ति 

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउने काम भइरहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय बतास अर्गनाइजेसनका बारेमा सरकारले लिएका कदम र आएका समाचारका बारेमा विज्ञप्ति निकालेको छ। 

images
images
images

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अनुमति दिएको सरकारी स्रोतमाथि व्यापार गर्दा एकतर्फी आक्रमण भइरहेको भन्दै विरोध जनाएको छ। 

images
images

'मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ । पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ' महासंघले विज्ञप्तिमा मार्फ्त भनेको छ। 

images
images

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभाग‍ी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया संचालनको अनुमति पाएकाले सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएको महासंघले बताएको छ। 

प्रक्रिया र कानून विपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई अन्यथा नलिने तर त्यसको सत्यतथ्य खोजी हुनुपर्ने महासंघले बताएको छ। 

'संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन' महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउने काम भइरहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ। 

'महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर हो । तर विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट छ । अतः व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छ' विज्ञप्तिमा उल्लेख गरिएको छ। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend