शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

डोल्मा इम्प्याक्ट फन्डले फुडमान्डूमा ४६ करोड लगानी गर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ३० २०७८
images
डोल्मा इम्प्याक्ट फन्डले फुडमान्डूमा ४६ करोड लगानी गर्ने 

काठमाडौं  उपत्यका र पोखरामा सेवा दिइरहेको फुडमान्डूमा नयाँ लगानीसँगै सेवा अझै परिष्कृत हुने बताइएको छ। 

images
images

काठमाडौं- नेपालको लोकप्रिय फुड डेलिभरी प्लाटफर्म फुडमान्डूले ४६ करोड लगानी जुटाएको छ। 

images
images
images

फुडमान्डूले नयाँ लगानीका लागि डोल्मा इम्प्याक्ट फन्डसँग सम्झौता गरेको छ। फुडमान्डूमा फन्डले ४० लाख अमेरिकी डलर लगानी गर्ने भएको छ। यसका लागि दुबै कम्पनीबीच सम्झौता भइसकेको छ। 

images
images

यद्यपी यो लगानीको अन्तिम स्वीकृत भने भएको छैन। 

images
images

नेपालका ८ सय बढी रेस्टुरेन्टसँग जोडिएको फुडमान्डूसँग अहिले तीन लाख बढी ग्राहक छन्। काठमाडौं  उपत्यका र पोखरामा सेवा दिइरहेको फुडमान्डूमा नयाँ लगानीसँगै सेवा अझै परिष्कृत हुने बताइएको छ। 

फुडमान्डूमा यसअघि नै दुईवटा निजी इक्विटी कम्पनीले लगानी गरिसकेका छन्। डोल्मबाट हुने तेस्रो चरणको लगानी हो। डोल्माको लगानीबाट फुडमान्डूले सेवाको स्तरोन्नति गर्ने, भौगोलिक विस्तार गर्ने प्रतिबद्धतता गरेको छ। यी कामबाट हजारौं नयाँ रोजगारी सिर्जनाको वातावरण हुने दुवै पक्षले विश्वास व्यक्त गरेका छन्।

डोल्माले यसअघि सस्तोडिलमा पनि लगानी गरेको थियो। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend