शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बजेट अभावमा सुस्तायो औद्योगिक ग्राम निर्माणको काम

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ३० २०७८
images
बजेट अभावमा सुस्तायो औद्योगिक ग्राम निर्माणको काम

रोजगारी सिर्जनाका माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने सरकारको उद्देश्यअनुसार उक्त औद्योगिक ग्राम निर्माण गर्न लागिएको थियो। 

images
images

डोटी- जोरायल गाउँपालिका-२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम निर्माण बजेट अभावमा सुस्ताएको छ।

images
images
images

विसं २०७६ माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण सुरुमा निकै तीव्ररूपमा भए पनि अहिले सुस्ताएको छ।

images
images

कूल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण सुरु गरिए पनि बजेट अभावमा निर्माणको काममा ढिलाइ भएको स्थानीयवासी तीर्थराज भण्डारीले जानकारी दिए। उनका अनुसार बजेट अभावले औद्योगिक ग्रामभित्र निर्माण गर्न सकिने उद्योगको अवस्थालाई मध्यनजर गर्दै कम्तीमा पनि ५०० रोपनीसम्म जग्गा लिने काम पनि रोकिएको छ। औद्योगिक ग्राम घोषणाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गाउँपालिकाबीच विसं २०७६ फागुन १६ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

images
images

स्थानीय स्रोत, साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाका माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने सरकारको उद्देश्यअनुसार उक्त औद्योगिक ग्राम निर्माण गर्न लागिएको थियो। 

उक्त ग्राम निर्माणका लागि सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा ९२ लाख रूपैयाँ निकाशा आएकामा गएको वर्षसम्म कम्तीमा पनि ८३ लाख ६० हजार रूपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।

उक्त रकमबाट औद्योगिक ग्राम क्षेत्रमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायतका संरचना निर्माणको काम भए पनि अहिले ती काम पनि अधुरै छन्। 'बजेट अभावले केही समस्या भएको हो, यो योजना बहुवर्षीय भएका कारण बाँकी काम आगामी वर्ष हुने योजनानुसार काम अगाडि बढाइएको छ', गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भने। रासस


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend