शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

दुई दर्जन कम्पनीको साधारणसभा आज, अधिकांशको एजेन्डा लाभांश वितरण, सेयरधनीको खातामा कहिले?

images
शुक्रबार, पुस ३० २०७८
images
दुई दर्जन कम्पनीको साधारणसभा आज, अधिकांशको एजेन्डा लाभांश वितरण, सेयरधनीको खातामा कहिले?

ठूला बैंक वित्तिय संस्था सहित आज  (शुक्रबार)  दुई दर्जन कम्पनीका साधारणसभा रहेका छन्। पुस मसान्त भएकोले धेरै कम्पनीको साधारणसभा एकै दिन परेके हो।

images
images

काठमाडौं- ठूला बैंक वित्तिय संस्था सहित आज  (शुक्रबार)  दुई दर्जन कम्पनीका साधारणसभा रहेका छन्। पुस मसान्त भएकोले धेरै कम्पनीको साधारणसभा एकै दिन परेके हो।

images
images
images

जसमा ठूला बैंकहरुको समेत साधारणसभा आज परेको छ। गत आर्थिक वर्षको साभारणसभा गर्न लागेका कम्पनीहरुले सेयरधनीलाई दिने लाभांश समेत पारित गर्ने छन्। पुस मसान्तपछि साधारणसभा गर्दा जरिवना तिर्नुपर्ने भएकोले अधिकांशले पुस मसान्तसम्म साधारणसभा गर्ने छन्। साधारणसभाले लाभांश पारित गरेपछि सेयरधनीको खातामा लाभांश आउनेछ।

images
images

बैंकहरुमा नबिल बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले साधारणसभा गर्नेछन्। उनीहरुले लाभांश सहित मर्जका प्रस्ताव  समेत लैजाने छन्। हिमालयनको इनभेष्टमेन्ट बैंकसंग मर्जको वारपार आज हुने छ। 

images
images

त्यस्तै नबिलले नेपाल बंगलादेश (एनबी) को प्राप्ती गर्ने प्रस्ताव समेत साधारणसभामा पेश हुने छ। सिझि। सेञ्चुरी र सिद्धार्थले पनि मर्जको लागि ढोका खुल्ला राख्ने प्रस्ताव साधारणसभामा लैजादैछन्। अन्य बाणिन्य बंैंकहरुको साधारणसभा सम्पन्न गरेपनि अव राष्ट्र बैंकले स्विकृत नदिएकोले एनआइसी एसिया बैंकमात्रै बाँकी रहेको छ। 

मल्टीप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्सले पनि साधारणसभा गर्दैछन्। 

जलविद्युततर्फ खानीखोला, छ्याङ्दी हाइड्रोपावर, मैलुङ खोला, कालिका पावर र हिमालयन पावर पार्टनरले साधारणसभा गर्दैछन्। सोमबारका लागि जोशी हाइड्रोले साधारणसभा डाकेको छ। लघुवित्ततर्फ आरएमडीसी, कालिका, जनउत्थान, फरवार्ड, आँधीखोलाले शुक्रबार साधारणसभा गर्दैछन्।  सानिमा जनरल इन्स्योरेन्स र आकास क्यापिटलले पनि साधारणसभा गर्दैछन्।


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend