शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

थामिएन सेयर बजारको ओरालो गति, मंगलबार पनि ५८ अंकको गिरावट

images
मंगलबार, असोज ८ २०८१
images
थामिएन सेयर बजारको ओरालो गति, मंगलबार पनि ५८ अंकको गिरावट

मंगलबार २ सय ३३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर छ।

images
images

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार साताको तेस्रो कारोबारमा पनि ओरालै लागेको छ। यो साता आइतबार सामान्य सुधार देखिएको बजार सोमबार र मंगलबार भने घटेको हो।

images
images
images

मंगलबार ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा बजार ओर्लिएको छ। १० कम्पनीको मात्र सेयर मूल्य बढ्दा बजारमा पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार रूपैयाँको कारोबार भएको छ।

images
images

मंगलबार २ सय ३३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर छ।

images
images

आइतबार ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको बजार सोमबार भने ५९.०२ अंकको गिरावटसँगै २५२९.३३ बिन्दुमा ओर्लिएको थियो। १४ कम्पनीको सेयर मूल्य बढ्दा सोमबार बजारमा ५ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको थियो।

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार गएको साता बुधबार असोजको पहिलो कारोबारमा वृद्धितर्फको अपेक्षाविपरीत सामान्य ओरालो लागे पनि यो साताको पहिलो कारोबार भने उचाइतर्फ लागेको थियो।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौको अन्तिम कारोबारमा गएको सोमबार २५८०.७६ बिन्दुमा झरेको थियो।

असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन।

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा लगानीकर्ताले राखेका छन्। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्।

बजार 'बाउन्स ब्याक' हुने अवस्था रहेको विश्लेषकहरूले बताइरहँदा आधार भने यकिन छैन। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संकेतहरू रहेको विश्लेषकहरूले बताइरहेका छन्। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार अपेक्षाकृत उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 


प्रकाशित : मंगलबार, असोज ८ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend