सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

राष्ट्र बैंक आक्रामक हुँदा ६ महिनापछि बैंकको तरलता संकट सुधारतर्फ, एक महिनामै बैंकिङ प्रणालीमा ७५ अर्ब

images
बिहीबार , पुस २९ २०७८
images
राष्ट्र बैंक आक्रामक हुँदा ६ महिनापछि बैंकको तरलता संकट सुधारतर्फ, एक महिनामै बैंकिङ प्रणालीमा ७५ अर्ब
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७७/७८ देखि जारी बैंकिङ क्षेत्रको तरलता अभाव सुधारउन्मुख भएको छ। नेपाल राष्ट्र बैंक आक्रामक हुँदै एकपछि अर्को निर्णय गर्न थालेपछि तरलता संकट सुधारतर्फ लागेको हो। राष्ट्र बैंकले आयातमा कडाइदेखि स्थानिय तहको सञ्चित कोषको रकम निक्षेपमा गणना गर्न दिने निर्देशनले निक्षेप बढाएको हो। 

images
images
images

मंसिरसम्म पनि निक्षेप भन्दा कर्जा बढी प्रवाह भएको थियो भने सीडी रेसियो पनि ९० प्रतिशतभन्दा माथि रहेको थियो। पुस लागेयता बैंकको तरलता अभावमा केही सुधार भएको छ। पुस महिनामै ७५ अर्ब निक्षेप थपिएकाे छ। 

images
images

पुस पहिलो सातादेखि नै बैंकको निक्षेपमा सुधार आउन थालेको थियो। राष्ट्र बैंकले आयाता कडाइदेखि स्थानिय तहमा जाने रकमसमेत निक्षेपमा गणना गर्न पाउने भएपछि एकैपटक ४९ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा देखिएको थियो। यता गत साता मात्रै ५९ अर्ब रुपैयाँ निक्षेप बैंकमा आएको छ। 

images
images

बैंकहरूमा माघ लागेपछि रेमिट्यान्सको रकम पनि आउन थाल्ने भएकोले तरलता संकट हट्ने अपेक्षा बैंकर्सहरूले गरेका छन्। 

स्थानीय तहको वाणिज्य बैंकका शाखामा रहेको सञ्चित कोषको ८० प्रतिशत रकमलाई बैंकमा निक्षेपको रुपमा गणना हुन थालेपछि तरलताको समस्या समाधानउन्मुख देखिएको थियो। 

यसअघि स्थानीय तहको कोषमा रहेको रकमको ५० प्रतिशत रकमलाई मात्रै निक्षेपमा गणना गर्न पाउने व्यवस्था रहेको थियो। तरलतामा लगातार समस्या आएपछि राष्ट्र बैंकले गत सोमबार मात्रै त्यसलाई ८० प्रतिशत पुर्‍याएको थियो।

सोही कारण बैकिङ प्रणालीमा ४९ अर्ब निक्षेप थपिएको छ। पुस लागेपछि सरकारी खर्चमा पनि सुधार देखिन थालेको छ। जसका कारण पनि बैकिङ क्षेत्रमा निक्षेपमा सुधार देखिएको हो। कर्जा निक्षेप अनुपात (सीडी रेसिया) ९० प्रतिशतभन्दा तल आएको छ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार पुसको तेस्रो साता १४ अर्ब र चौथो साता ५९ अर्ब निक्षेप थपिएको छ। पुसको पहिलो साता २ अर्बले निक्षेप बढ्दा दोस्रो सातामा ४ अर्बले मात्रै घटेको थियो। 

चालु वर्ष कुल निक्षेप एक खर्ब ६ अर्ब रुपैयाँले बढेको छ। अहिले निक्षेप ४३ खर्ब ७ अर्ब पुगेको छ। दुई सातामा मात्र ७३ अर्बले निक्षेप बढेको छ। ऋण लगानीमा आक्रामक भएका कारण बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको थियो। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार पुषको तेस्रो साता अर्थात पुष १६ गतेदेखि २३ गतेसम्म उल्लेख्य रुपमा निक्षेप बढेको छ भने कर्जा प्रवाह पनि तुलनात्मक रुपमा बढेको छ। 

पुष १६ गतेदेखि पुष २३ गतेसम्म निक्षेप ४२ खर्ब ४९ अर्बबाट ४३ खर्ब ७ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि ९ अर्बले बढेर ४० खर्ब ९९ अर्बबाट ४१ खर्ब ०८ अर्ब पुगेको छ। बैंकहरूको सीडी रेसियो अनुपात पनि सुध्रिएर ८९:३९ मा झरेको छ। पुष ६ गतेसम्म समग्र बैंकिङ प्रणालीमा निक्षेप ११६ अर्ब जम्मा भएको छ भने ४३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। नेपाल राष्ट्र बैंकले पुस १९ मा स्थानीय तहको संचिति कोषको रकम निक्षेपको रुपमा गणना गर्न सक्ने ब्यबस्थाबारे सर्कुलर जारी गरेको थियो।  

अहिले राष्ट्र बैंकले अनावश्यक सामानहरूको आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा ५० देखि १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । त्यो व्यवस्था भएपछि आयात केही नियन्त्रण आएको बताइन्छ ।

संघको तथ्यांकअनुसार पुसको चौथो साता ५८ अर्ब ५३ करोड रुपैयाँ निक्षेप थपिएको छ। यससँगै वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ७ अर्ब पुगेको छ, यो निक्षेप हालसम्मकै उच्च पनि हो। उक्त साता नयाँ कर्जा प्रवाह भने ८ अर्ब भएको छ। यससँगै वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ४१ खर्ब ८ अर्ब पुगेको छ।


प्रकाशित : बिहीबार , पुस २९ २०७८०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend