शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ट्राभल एडभाइजरी जारी गर्दै अध्यागमनले भन्यो - कोरोना जोखिम भएका मुलुकमा नजानुस्

images
बुधबार, पुस २८ २०७८
images
ट्राभल एडभाइजरी जारी गर्दै अध्यागमनले भन्यो - कोरोना जोखिम भएका मुलुकमा नजानुस्

अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको हो।

images
images

काठमाडौं- अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागले आग्रह गरेको छ।

images
images
images

बुधबार सूचनामार्फत विभागले नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको हो। गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णयअनुसार विभागले बुधबार ट्राभल एडभाइजरी जारी गरेको हो।

images
images

नेपाल सरकारले ओमिक्रोनको संक्रमण देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन  मंसिर १६ बाटै रोक लगाएकोमा त्यसलाई निरन्तरता दिएको छ। साथै तीन साताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुसमेत नेपाल आउन नपाउने जनाइएको छ। 

images
images

यस्तो छ ट्राभल एडभाइजरी


प्रकाशित : बुधबार, पुस २८ २०७८१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend