शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चीनमा बिक्यो २ करोड ६२ लाख कार, इभी बिक्री १५७ प्रतिशतले बढ्यो

शुक्रबार, पुस ३० २०७८
चीनमा बिक्यो २ करोड ६२ लाख कार, इभी बिक्री १५७ प्रतिशतले बढ्यो

टेस्लाले २०२१ को डिसेम्बरमा चीनमा ७० हजार ८ सय ४७ वटा चीनमै बनेको कार बिक्री भएको जनाएको छ।

काठमाडौं- २०२१ मा चीनमा २ करोड ६२ लाख ८० हजार नयाँ कार बिक्री भएको छ। यो बिक्री २०१७ यताकै धेरै हो। विश्वको सबैभन्दा ठूलो कार बजार चीनमा गत वर्ष कार बिक्री अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशतले बढेको हो। 

२०२१ को डिसेम्बरमा चिनियाँ बजारमा २७ लाख ९० हजार नयाँ कार बिक्री भएको थियो। त्यस्तै चीनमा न्यू इनर्जि भेहिकल (एनईभी) बिक्री समेत २०२० को तुलनामा डढे गुण बढेको छ। चीनमा २०२१ मा एनईभी ब्याट्रीयुक्त विद्युतीय कार, प्लग इन हाइब्रिड कार र हाइड्रोजन फ्युल सेल सवारीको बिक्री ३५ लाख २० हजार वटा भएको हो। 
एनईभीको बिक्री २०२० को तुलनामा २०२१ मा १ सय ५७.५ प्रतिशतले बढेको हो। २०२१ को डिसेम्बरमा मात्र चीनमा एनईभी ५ लाख ३१ हजार वटा बिक्री भएको हो। वायु प्रदूषण न्यूकीकरण गर्न चीनले पछिल्ला वर्षहरुमा ठूलो लगानी गर्दै आएको छ। 

विद्युतीय सवारीको बिक्री बढ्न थालेपछि चीनले २०२२ को सुरुवातबाटै विद्युतीय सवारीमा दिँदै आएको सहुलियत कटौती गर्ने निर्णय गरिसकेको छ। यसघि चीनले विद्युतीय सवारीमा ३० प्रतिशत सहुलियत दिँदै आएको थियो। 

चीन संसारमा सबैभन्दा धेरै विद्युतीय कार उत्पादक कम्पनी भएको देश हो। चिनियाँ सवारी उत्पादकहरुसँग प्रतिस्पर्धा गर्न अमेरिकी विद्युतीय कार उत्पादक टेस्ला मात्र प्रतिस्पर्धामा उत्रिएको छ। २०२१ मा टपटेन विद्युतीय कार बिक्रेताको सूचिमा टेस्ला मात्र चीन बाहिरको कम्पनी हो। 

टेस्लाले २०२१ को डिसेम्बरमा चीनमा ७० हजार ८ सय ४७ वटा चीनमै बनेको कार बिक्री भएको जनाएको छ। टेस्लाले चीनको सांघाईमा गिगा फ्याक्ट्री स्थापना गरेर कार उत्पादन सुरु गरेको हो। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend