आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

प्रतितोला एक हजार सातसय रूपैयाँले उकालो लाग्दै कीर्तिमानी मूल्यमा पुग्यो सुन

images
आइतबार, असोज ६ २०८१
images
प्रतितोला एक हजार सातसय रूपैयाँले उकालो लाग्दै कीर्तिमानी मूल्यमा पुग्यो सुन

सुनको मूल्य आइतबार एक हजार सातसय रूपैयाँले बढ्दा चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला एक हजार सातसय रूपैयाँले उकालो लाग्दै कीर्तिमानी बिन्दुमा पुगेको छ। 

images
images
images

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार ८ सय रूपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो।

images
images

यसअघि गएको सोमबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँ पुगेको थियो। 

images
images

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

गएको शुक्रबारको तुलनामा चाँदीको मूल्य पनि आइतबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, असोज ६ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend