मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

चौधरी र दुगड समूहको बंगलादेश बैंकको सेयर खरिदका लागि कर्पोरेट वार

दुगडले राष्ट्रबैंकमा मुद्दाको फैसला पठाउँदा चौधरीले नबिल र एनबीको स्वाप रेसियो पठाए 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २८ २०७८
images
images
चौधरी र दुगड समूहको बंगलादेश बैंकको सेयर खरिदका लागि कर्पोरेट वार

दुगड समूहले नबिल बैंकका मुख्य प्रमोटर विनोद चौधरीले खरिद गरेको बंगलादेश बैंकको सेयर विरुद्ध मुद्दा मामिलामा लागेपछि हतारहतार नबिल र एनबीको मर्जरलाई तिव्रता दिइएको छ। 

images
images

काठमाडौं- चौधरी समूह र दुगड समूहबीचको लडाइँ नेपाल बङ्गालादेश बैंक (एनबी) को सेयर खरिदमा आएर छताछुल्ल भएको छ। बिनोद चौधरीले नेपाल बङ्गालादेश बैंकमा रहेको आईएफआइसीको ४१ प्रतिशत सेयर श्रीमती सारिका चौधरीको नाममा खरिद गरेपछि विवाद अदालतसम्म पुगेको छ। 

images
images

दुगड समूहले एक वर्ष अगाडि नै आईएफआईसीको सेयर प्रतिकित्ता १५७ रुपैयाँमा खरिद सम्झौता भइसकेको तर अहिले अर्को समूहलाई बिक्री गरेको भन्दै जिल्ला अदालत काठमाडौंदेखि पाटन उच्च अदालतसम्म मुद्दा दायर गरेको छ। मंगलबार दुगड समूहले दायर गरेको मुद्दाको पाटन र काठमाडौं दुवैमा पेशी तोकिएको थियो। 

images
images

पाटनमा दुगडका वकिलले स्थगित गराएका थिए। तर काठमाडौं जिल्ला अदालतले चौधरीलाई बिक्री गर्न लागिएको ४१ प्रतिशत सेयर तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। यो आदेशसँगै चौधरीले खरिद गरेको आईएफआईसीको सेयर विवादले उग्र रुप लिने पक्का छ। यो मुद्दासँगै कर्पोरेट वार सतहमै आएको छ। 

images
images
images

सनराइज बैंकका अध्यक्षसमेत रहेका व्यवसायी मोतीलाल दुगडले हालेको मुद्दामा पुस २७ गते आदेश दिँदै काठमाडौं जिल्ला अदालतले ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनेको छ। साथै सात दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न पनि अदालतले भनेको छ। दुगड समूहले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो। 

अदालतको आदेशमा नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिएको भन्दै फैसला गरेको छ। न्यायाधीस रामचन्द्र पौडेलको एकल इजलासले दुगडको पक्षमा उक्त फैसला गरेको हो। 

मुद्दा मामिला गुरुसँगै मर्जरको दौड

दुगड समूहले नबिल बैंकका मुख्य प्रमोटर बिनोद चौधरीले खरिद गरेको बंगलादेश बैंकको सेयर विरुद्ध मुद्दा मामिलामा लागेपछि हतारहतार नबिल र एनबीको मर्जरलाई तिव्रता दिइएको छ। 

एनबी बैंकको १०० कित्ता सेयर नबिलमा मर्ज भएपछि ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम हुने गरी मर्जर समितिले राष्ट्र बैंकलाई बुधवार प्रस्ताव पठाएको छ। यता दुगड समूहले पनि मंगलबार आएको फैसला राष्ट्र बैंकमा पठाएको छ। 

सारिका चौधरीले ६ अर्ब भन्दा बढीमा उक्त सेयर खरिद गरेकी छन्। यता बंगलादेश बैंक र नबिल बैंक दुवैले मर्जका लागि मर्जर समिति बनाइएका थिए। दुवैले प्रस्ताव ल्याएपछि स्वाप रेसियो लगायत विषय टुंगो लाग्ने छ।  मर्जरपछि २९ अर्ब चुक्ता पुँजी पुग्ने बैंकको एकीकृत कारोबार बैशाखदेखि गर्ने तयारी छ।  


प्रकाशित : बुधबार, पुस २८ २०७८११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend