आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तनहुँमा स्ट्रबेरी खेतीको परीक्षण गरिँदै, गाउँपालिकाको लगानीमा कृषि सहकारीमार्फत खेती सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ४ २०८१
तनहुँमा स्ट्रबेरी खेतीको परीक्षण गरिँदै, गाउँपालिकाको लगानीमा कृषि सहकारीमार्फत खेती सुरु

गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा २ हजार २ सय ५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो।

तनहुँ- ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका-७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो। 

गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा २ हजार २ सय ५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो। 

तीन प्रजातिका बिरुवा रोपिएको छ। केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उनले भने, 'कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसैअनुरुप खेती विस्तार गर्नेछौँ।'

ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ। अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गरिने उनले बताए। रासस


प्रकाशित : शुक्रबार, असोज ४ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend