सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नबिल र बंगलादेश बैंक मर्जरमा ब्रेक थ्रु : मर्जर समितिले बुझायाे स्वाप रेसियाे, कुनकाे कति?

images
बुधबार, पुस २८ २०७८
images
नबिल र बंगलादेश बैंक मर्जरमा ब्रेक थ्रु : मर्जर समितिले बुझायाे स्वाप रेसियाे, कुनकाे कति?
images
images

काठमाडौं- नबिल बैंक र नेपाल बंगलादेश (एनबी) मर्जर प्रक्रियाले अन्तिम रुप लिएकाे छ। 

images
images
images

बिनाेद चाैधरीकी श्रीमती सारिका चौधरीलाई बंगलादेश बैंकमा रहेको आईएफआईसी ४१ प्रतिशत सेयर बिक्री गरेकाे छ। 

images
images

एनबी बैंकको १०० कित्ता सेयर नबिलमा मर्ज भएपछि ४३ कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम हुने गरी मर्जर समितिले राष्ट्र बैंक प्रस्ताव पठाएकाे छ। 

images
images

नेपालबाट नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक तथा खरिदकर्ता चौधरी समूहले सूचना गोप्य राखिरहेका बेला बंगलादेशबाट आईएफआईसीका कम्पनी सचिवले  विज्ञप्ति जारी गर्दै जानकारी गराइसकेकाे छ। 

सारिका चौधरीले ६ अर्ब भन्दा बढीमा उक्त सेयर खरिद गरेकी छन्। यता बंगलादेश बैंक र नबिल बैंक दुवैले मर्जका लागि मर्जर समिति बनाइएका थिए। दुवैले प्रस्ताव ल्याएपछि स्वाप रेसियो लगायत विषय टुंगो लाग्ने छ।  

मर्जरपछि २९ अर्ब चुक्ता पुँजी पुग्ने बैंकको एकीकृत कारोबार बैशाखदेखि गर्ने तयारी छ। 

तर यो सब प्रक्रियामा नेपालमा रहेका कुनै पनि कम्पनीले जानकारी गराएका छैनन्। सेयर बजारमा मूल्य प्रभाव पार्ने भए पनि गुपचुप काम गरिएको छ। यद्यपि अनौपचारिक सूचना भने पहिलेदेखि नै बाहिरिएको हो। 


प्रकाशित : बुधबार, पुस २८ २०७८०८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend